पोखरा र समृद्धि फाइनान्सबीच मर्जर सम्झौता

आइतबार, ०४ साउन २०८२

इटहरी : पोखरामा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स र काठमाडौँमा केन्द्रीय कार्यालय रहेको समृद्धि फाइनान्स मर्ज हुने भएका छन् ।

आइतबार बिहान दुई संस्थाबीच मर्जरको लागि सम्झौता भएको हो । हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख रहेको छ भने समृद्धि फाइनान्सको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ । 

गत बिहीबार शेयरबजारमा पोखरा फाइनान्सको अन्तिम शेयर मूल्य प्रति कित्ता ४४३.२७ रुपैयाँ थियो भने समृद्धि फाइनान्सको शेयर मूल्य प्रति कित्ता ५५३.७८ रुपैयाँ थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार