मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ

आइतबार, ०४ साउन २०८२

काठमाडौँ : मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्।

काठमाडौँ जिल्ला अदालतले झाविरुद्ध पक्राउ अनुमति जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी अपील राज बोहराका अनुसार अदालतको अनुमति पश्चात झालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको छ।

यसअघि, चैत २५ गते काठमाडौँ जिल्ला अदालतबाट झाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।

झाविरुद्ध एक युवतीले बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर, काठमाडौँमा जाहेरी दर्ता गरेकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार