'डार्क फाइल’ फेक अडियो प्रकरणका दोषी राजकुमार तिमल्सिना इटहरीबाट पक्राउ

सोमबार, ०५ साउन २०८२

इटहरी : ‘डार्क फाइल’ कार्यक्रमका लागि फेक अडियो तयार पारी सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र पत्रकारहरूलाई लाञ्छना लगाउने अभियोगमा दोषी ठहर भएका राजकुमार तिमल्सिना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तिमल्सिनालाई इटहरीबाट पक्राउ गरिएको हो।

प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले तिमल्सिना लामो समयदेखि फरार रहेको र विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

उनीमाथि सर्वोच्च अदालतले अघिल्लो वर्ष असोजमा ६ महिनाको जेल सजाय सुनाएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार