ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्युरो अस्पतालमा १० प्रतिशत छुट

मंगलबार, ०६ साउन २०८२

काठमाडौँ :  ग्लोबल आइएमई बैङ्क लिमिटेडका ग्राहकहरूले अब अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन्।

बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ अफिसर दिलीप पोखरेल र अन्नपूर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरि गजुर्यालबीच सम्पन्न समझदारीपछि बैंकका ग्राहकहरूलाई उक्त छुट दिने व्यवस्था गरिएको हो।

समझदारी अनुसार बैंकका डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले अस्पतालको हेल्थ प्याकेज, प्याथोलोजी, रेडियोलोजी, एम्बुलेन्स, बेड शुल्क, शल्यक्रिया लगायतका सेवा शुल्कमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

नशा रोगको उपचारमा ख्यातिप्राप्त अन्नपूर्ण न्युरो अस्पतालले अन्य विशेषज्ञ सेवाहरू पनि प्रदान गर्दै आएको छ। ग्राहकहरूको सेवा सुविधामा विशेष ध्यान दिँदै ग्लोबल आइएमई बैङ्क समय अनुकूलका योजनाहरू ल्याउँदै आएको छ।

हाल बैङ्कको देशभर ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिइँदै आएको छ।

ग्लोबल आइएमई बैङ्कले वेस्ट बैङ्क अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालको उत्कृष्ट बैङ्कको उपाधि समेत पाइसकेको छ। साथै, बैङ्कले अमेरिका, क्यानडा, अस्ट्रेलिया, खाडी मुलुक लगायतका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार