८ दिनपछि सेयर बजारमा गिरावट, नेप्से १८.४४ अंकले घट्यो

आइतबार, ११ साउन २०८२

काठमाडौं : लगातार ८ दिनको वृद्धिपछि आइतबार नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४ विन्दुमा झरेको छ। कारोबार सुरुमा ३०१२ अंकसम्म पुगेको बजार बिक्री चापसँगै ओरालो लागेको हो।

आज २६ अर्ब ५७ करोडको कारोबार भएको छ, जुन पछिल्लो एक वर्षको दोस्रो उच्च कारोबार हो। हाइड्रोपावर समूहले मात्र ११ अर्ब ६२ करोड बराबरको कारोबार गर्दै ४३ प्रतिशत हिस्सा ओगटेको छ।

आज ६३ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो। समता लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जीको मूल्य १० प्रतिशतले बढ्यो। शिवम् सिमेन्ट, ङादी ग्रुप, नेपाल पुनर्बीमा, कालिका पावर र ग्रिन भेन्चर्स सबैभन्दा बढी कारोबार भएका कम्पनी हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार