रिज लाइन इ्रनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

सोमबार, १२ साउन २०८२

काठमाडौं : रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न आगामी भदौ ४ गते ललितपुरमा रहेको होटल हिमालयमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने र आईपीओबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिने बताइएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार