नेप्से गणनामा गडबडी, चौतर्फी आलोचना पछि तथ्यांक सच्याइयो

सोमबार, १२ साउन २०८२

 नेपाल स्टक एक्सचेन्जले अन्तिम १५ मिनेटको गणना नेप्से गणना सच्याउँदा नेप्से परिसूचक ७ दशमलब १० अंकले बढेको छ ।

सोमबार बजार बन्द भएपछि २ अंकले घटेको देखाएको नेप्सेले चौतर्फी आलोचनापछि त्रुटी सच्याउँदै सच्याएको हो ।

पछिल्लो अद्यावधिक सूचना अनुसार नेप्से परिसूचक ७ दशमलब १० अंकले बढेर २९ सय ७१ दशमलब ३१ विन्दुमा पुगेको छ । नेप्सेको कारोबार प्रणालीमा कारोबार समयपश्चात परिसुचकको भारित औसत गणना गर्ने क्रममा प्राविधक कारणले फरक अक देखिएको भन्दै नेप्सेले क्षमा मागेको छ ।

अघिल्लो कारोबार दिन साढे १८ अंक घटेको नेप्से यस दिन भने ७ अंक बढेको हो । यसअसिघ भने अघिल्लो दिनको तुलनामा २.०७ अंक घटेको नेप्सेले तथ्यांक दिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार