यूनाइटेड अजोड इन्स्योरेन्सले १९ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा राख्यो

मंगलबार, १३ साउन २०८२

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता शेयर न्यूनतम प्रतिकित्ता २१५ रुपैयाँको दरमा बिक्रीमा राखेको हो।

नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार कम्पनीले अहिलेका लागि यी शेयरहरू आफ्नै विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकताका साथ बिक्री गर्न लागेको हो। इच्छुक संस्थापक शेयरधनीहरूले अबको ३५ दिनभित्र आवश्यक कागजातहरूसहित काठमाडौंको सीटीसी मल, सुन्धारामा रहेको कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ।

कम्पनीले तोकिएको समयसीमाभित्र कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नआएमा बाँकी शेयर सर्वसाधारणमा बिक्री गर्न प्रक्रिया अगाडि बढाउने जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार