काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिको सहअस्तिव जोगाउनका लागि सामूहिक पहल गर्नुपर्ने बताएका छन् ।
शुक्रबार कांग्रेसनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै उनले शिक्षा स्वास्थ्य, रोजगारी, समावेशीता र सहभागिता जस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चिताको लागि सामूहिक पहल गर्नुपर्ने बताएका हुन् ।
उनले भने,‘आदिवासी जनजातिको आत्मसम्मान, सहअस्तिव जोगाउनको लागि कांग्रेस क्रियाशील छ । शिक्षा स्वास्थ्य, रोजगारी, समावेशीता, सहभागिता जस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चिताको लागि सबैले सामुहिक पहल गर्नुपर्छ र प्रयत्न पनि गर्नुपर्छ । आदिवासी सञ्जाल कानुन प्रतिष्ठान बढि स्रोत, साधनले सम्पन्न बनाएर अझै सशक्त बनाएर लानुपर्ने आवश्यकता रहेको छ ।’
सभापति देउवाले आदिवासीका अधिकारका लागि सरकार मात्र नभई स्वयम जनजातिको पनि दृढ इच्छाशक्ति आवश्यक रहेको बताए ।
प्रतिक्रिया