बागमतीका मुख्यमन्त्री बानियाँको पक्षमा विश्वासको मत दिन कांग्रेसमा ह्वीप

शनिबार, २४ साउन २०८२

काठमाडौं : नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री नियुक्त इन्द्र बानियाँका पक्षमा विश्वासको मत दिन पार्टीमा ह्वीप लगाएको छ।

प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतमा तीन बुँदे ह्वीप जारी गरेको हो।

बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिँदैछन्। विश्वासको मत २७ गते लिने मुख्यमन्त्री बानियाँको निधो छ।

दल नेता बानियाँले कांग्रेस संसदीय दलको ९ सदस्यीय कार्यसमिति गठन गरेसँगै बसेको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार