इटहरी : सुनसरीको इटहरी–२० इटहरी धरान सडक खण्ड स्थित पानीपिया जङ्गलमा आज शनिवार बिहान ११:२० बजे स्कुटर र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
इटहरीबाट धरानतर्फ जादैँ गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापा बिर्तामोड–५ का सुजन बिक र पछाडि सवार सुरज बिक गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनाको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा दिउसो १२ : ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।
बस चालक उदयपुर बेलका नगरपालिका–३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ भने, घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिक्रिया