चोरी गरिएका सामान फिर्ता गर्नू - संसद् सचिवालय

सोमबार, ३० भदौ २०८२
तस्बिर : फाइल

काठमाडौं । संघीय संसद् सचिवालयले ‘जेनजी’को आन्दोलनका बेला चोरी गरिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । उपसचिव अधिराज राईले सोमबार (भदौ ३०) सूचना जारी गर्दै टेबल, कुर्सी, कम्प्युटर, माइकलगायत सामग्री अनधिकृक्तले व्यक्ति लगेको जनाएका छन् ।

“...संघीय संसद सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको छ,” सूचनामा भनिएको छ ।

त्यस्ता मालसामान आफूसँग भए फिर्ता गर्न र रहेको स्थान तथा व्यक्तिको जानकारी भएमा संसद् सचिवालयमा सूचना गर्न उनले आग्रह गरेका छन् ।

मालसामान लगेको भिडियो भएमा उपलब्ध गराउन भन्दै सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार