कैलाली कारागारका जेलर फेरिए

शनिबार, २४ साउन २०८२

कैलाली कारागारमा भएको झडपपछि जेल प्रशासनमा फेरबदल गरिएको छ। जेलर बसन्त खत्रीको स्थानमा जालन्धर भुसाललाई नियुक्त गरिएको हो। भुसाल आज दिउँसो ३ बजे कैलाली पुगेर कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन्।

गत रात भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए। शनिबार दिउँसो पनि कारागारभित्र अवस्था असामान्य बनेको थियो। कैदीहरूले केही समयका लागि कारागार नियन्त्रणमा लिएका कारण प्रहरीले स्थिति नियन्त्रणमा लिन कठिनाइ भोगेको थियो।

घटनाबारे सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार