पाँचथर : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण गरेका छन ।
निरीक्षणका क्रममा उनले कार्यालय भवन,सबै शाखा तथा हिरासत कक्षको निरीक्षण गर्दै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका थिए ।
निरीक्षण पछि, प्रमुख कार्कीले इकाई प्रमुखहरूलाई प्रहरी सेवा प्रवाहमा अनुशासन कायम राख्न र काम कारबाही चेन अफ कमान्डअनुसार नियमित गर्न निर्देशन दिए।
उनले प्रहरीकर्मीहरूलाई गरिब, पीडित र असहायलाई प्राथमिकता दिँदै सबै नागरिकप्रति समान व्यवहार, मिठो बोली र सद्भावपूर्ण व्यवहार देखाउन जोड दिए।
साथै, प्रहरी जवानहरूको शारीरिक र मानसिक स्वास्थ्य राम्रो राख्न तथा वर्षात्कालीन विपद् र आकस्मिक घटनामा छिटो उद्धारका लागि आवश्यक तयारी र सामग्रीसहित परिचालनमा रहन निर्देशन दिए।
निरीक्षण क्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई पनि पुरस्कृत गरियो।
पाँचथर जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीले प्रमुखलाई जिल्लाको शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन, आगामी योजना र सुरक्षा चुनौतीबारे जानकारी गराएका थिए।
प्रतिक्रिया