आरिफको अर्धसतकको मद्दतमा नेपाले दियो नेदरल्याण्डसलाई २३७ रनको लक्ष

मंगलबार, २७ जेठ २०८२

आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले आरिफ शेखको अर्धसतकको मद्दतमा नेदरल्याण्डसलाई २३७ रनको लक्ष दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै २३६ रन बनाएको हो । 

नेपालका लागि आरिफ सेखले सर्बाधिक ८४ रन बनाएका थिए । त्यसैगरी नेपालका लागि भीम सार्की र कप्तान रोहित पौडेलले ३५-३५ रन बनाएका थिए भने कुशल भुर्तेलले १८, दिपेन्द्र सिंह ऐरीले १६, बसिर अहमद र करण केसीले ११-११ रन बनाएका थिए । 

त्यस्तै नेदरल्याण्डसका बलर पौल भान मीकेरेनले ४ विकेट लिएका थिए भने माइकल लेभिटले ३ विकेट लिएका थिए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार