जनकपुर : मंगलबार जनकपुरधाममा भएको दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण ८६ विद्यार्थीलाई दीक्षित गरेका हुन् ।
स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १४ विद्यार्थीमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागी हुनेगरी आवेदन दिएका थिए ।
त्यस्तै, विश्वविद्यालय टपर चार जना, विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०–१० विद्यार्थी गोल्ड मेडलबाट विभूषित भएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधाममा राजर्षि जनक विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहमा शासकीय कुव्यवस्थालाई दोषी ठहर गर्दै विश्वविद्यालयको स्थापना र विद्यार्थीहरूको दिक्षान्तमा खुशी व्यक्त गरे ।
उनले जनकपुरधामलाई ज्ञानको भूमि रहेको र चार हजार वर्षअघि यहाँ विद्वताको छलफल भएको ठाउँमा आज फेरी विश्वविद्यालय स्थापना भएकोमा खुशी व्यक्त गरे ।
उनले शिक्षा प्रणालीको प्राचिनता र पूर्वीय दर्शनको महत्वमा जोड दिदै शिक्षा क्षेत्रमा भएका कमजोरीलाई हटाउने प्रतिवद्धता जनाए ।
प्रधानमन्त्री ओलीले विश्वविद्यालयका विद्यार्थीलाई प्रेरित गर्दै भने, ‘सफलताका लागि यो शुरुआत महत्त्वपूर्ण छ, ठूलो यात्रा सधैं पहिलो पाइलाबाट सुरु हुन्छ ।’
प्रतिक्रिया