धनकुटा : धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप भ्यान दुर्घटनाका हुँदा १७ जना घाइते भएका छन् । टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिकअप भ्यान बिहान करिब साढे १० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परि पिकअपमा सवार २१ जनामध्ये १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा धनकुटा नगरपालिका ७ का ६२ वर्षीय गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका ७ कै ३८ वर्षीय जीत बहादुर श्रेष्ठ र धनकुटा नगरपालिका ८ बस्ने ४५ वर्षीया रेनुका राई गम्भीर घाइते भएका छन् । आज गाईजात्राका लागि उनीहरू पिकअपमा धनकुटा बजार जादैँ थिए ।
प्रतिक्रिया