सुनसरीमा चर्को गर्मीले विद्यालयहरू बन्द, स्वास्थ्यमा जोखिम बढ्दो

मंगलबार, २७ जेठ २०८२
सांकेतिक फाईल

सुनसरी : सुनसरी जिल्लामा देशभरि चलिरहेको तीव्र गर्मीको लहरका कारण तापक्रम अत्यधिक वृद्धि भएपछि विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् । इनरुवा नगरपालिका र इटहरी उपमहानगरपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि क्रमशः तीन दिन र एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। इनरुवामा जेठ २८ गतेदेखि ३० गते सम्म, भने इटहरीमा जेठ २८ गते विद्यालय बन्द गरिने छ ।

चर्को गर्मीका कारण बालबालिकामा डिहाइड्रेसन, थकान, चक्कर लाग्ने लगायतका समस्या देखिन थालेपछि स्थानीय तहहरूले यस्तो कदम चाल्नु परेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जिल्लाभरिका अन्य पालिकामा पनि यस्ता निर्णयहरू हुने सम्भावना रहेको बताएका छन् ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक अभिजित कुमारले अत्यधिक गर्मीबाट जोगिन घर बाहिर कम निस्कन, प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन र घाममा लामो समय बस्न नहुने सुझाव दिएका छन् । बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको चेतावनी छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार