काठमाडौँ : म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले आज सम्झौतापत्रमा हस्ताक्षर गरे । राष्ट्रिय टोलीबाट ६० खेलमा ६४ गोल गरेकी साम्बालाई म्याक्सीम्याक्ससँग जोड्न पाउँदा खुसी लागेको म्याक्सिम्याक्सले जनाएको छ ।
साम्बाले कुनै कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर बन्ने सपना धेरै अघिबाट देखेको र म्याक्सिम्याक्सले त्यसलाई पूरा गरिदिएकोमा धन्यवाद दिए । उनले यसबाट नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले म्याक्सिम्याक्सलाई धन्यवाद दिँदै यसले अन्य खेलाडी पनि बाटो खुल्ने भनाइ व्यक्त गरे ।
साम्बाले म्याक्सिम्याक्सको प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
नेपाल एपिएफ क्लबबाट खेल सुरू गरेकी साम्बाले इन्डियन वुमन्स लिगमा सेथु एफसी, गोकुलम केरलाबाट खेलिसकेका छन् ।
सन् २०२२–२३ मा गोकुलमलाई इन्डियन वुमन्स लिगको उपाधि दिलाउँदा उनले १० खेलमा ३१ गोल गरेका । गत वर्ष उनले फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेलेका थिए ।
म्याक्सिम्याक्सले संस्थाको ब्रान्ड एम्बासडर ‘साम्बा’ सँग तीन वर्षका लागि सम्झौता गरेको हो । अष्ट्रेलियाको मेलबर्नमा मुख्य कार्यालय रहेको म्याक्सिम्याक्स एजुकेशन अष्ट्रेलियामा विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेको छ ।
नेपालमा ललितपुरको कुमारीपाटी, चितवनको पर्सा र पोखराको चिप्लेढुङ्गामा म्याक्सीम्याक्सका शाखा रहेको छ ।
प्रतिक्रिया