सुनसरीमा बस र माइक्रो ठोक्किदाँ चार जनाको मृत्यु, १५ जना घाइते

सोमबार, २६ साउन २०८२

इटहरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा चार जनाको मृत्यु  भएको छ भने १५ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज विहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार निधन हुनेको पहिचान हुन सकेको छैन ।

घाइतेहरुको गोल्डेन अस्पताल विराटनगर १० जना, विराट टिचिङमा १ जना बाकीको न्युरो अस्पताल र नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार