देउवालाई हटाउन १२ भोटको कमी !

मंगलबार, २७ साउन २०८२

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आजैमात्र आफूलाई एक जना मान्छेले भेटेर नेपाली कांग्रेसको संसदीय दलको नेता फेर्नेगरी कसरत भइरहेको जानकारी गराएको बताएका छन् ।

तर, यस्ता कुराहरू हल्लामात्र भएको भन्दै यस्ता कथा सुन्दा सुन्दै कान टट्याइसकेको बताएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

यस्ता कथाहरू बेला बेला आइरहने भन्दै बेला बेलामा संस्करणहरू आइरहने तर संशोधन केही नहुने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले ०८४ पछि पनि नेकपा एमाले र नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए ।

मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले कुनै पार्टीको नेतृत्वमा सरकार बन्छ की भन्ने नसोच्न पनि आग्रह गरे ।

०८४ को निर्वाचनपछिको सरकार कि एमालेले बनाउने कि कांग्रेसले बनाउने प्रधानमन्त्री ओलीको भनाइ थियो । दुवै पार्टीको बहुमत आउन नसके कांग्रेस र एमाले मिलेरै सरकार बनाउने बताए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार