चल्यो संसद, रास्वपा र राप्रपाको अवरोध कायमै

शुक्रबार, ३० जेठ २०८२

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए ।

यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ ।

उक्त समझदारी राप्रपा र रास्वपाले मानेको छैन । यसैबीच शुक्रबार अपरान्ह सुरु भएको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले अवरोध गरिरहेको छ । अवरोधकैबीच माओवादीका सांसद हितराज पाण्डेलाई बोल्नको लागि समय दिइएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार