“प्रमोद खरेल र परम्परा” ले ल्याए नयाँ लोक-रक फ्युजन गीत

बुधबार, २८ साउन २०८२

 

काठमाडौं — लोकप्रिय गायक प्रमोद खरेल र परम्परा ब्यान्डले नयाँ लोक–रक फ्युजन गीतको भिडियो सार्वजनिक गरेका छन् । परम्परागत नेपाली लोकसंगीत र आधुनिक रक संगीतको मिश्रण रहेको यस गीतमा शब्द र संगीत राजकुमार बगरको छ, जसमा मातृभूमिप्रतिको माया र सांस्कृतिक पहिचानलाई कथामार्फत उतारिएको छ ।

गीतको संगीत संयोजन महाराज थापाले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ कुशल थापाले गरेका छन् । परम्परा ब्यान्डमा राहुल भुजेल (कीबोर्ड), देवासिश तामाङ (लीड गितार), कुशल थापा (बास गितार), जेपी जोशी (मादल), भुपेन विश्वकर्मा (ड्रम), र संजीव मैनाली (बाँसुरी) समावेश छन् । गितार वर्क्समा संजीव बराइलीको योगदान छ ।

गीतको भिडियोमा कोरियोग्राफी राजिव समरले गरेका छन् । छायांकन दीप पराजुली र निर्देशन शन्न थापाले गरेका हुन् । भिडियोका निर्माता दीपा सितौला हुन् ।

“प्रमोद खरेल र परम्परा” ब्यान्ड आगामी भाद्र महिनामा अष्ट्रेलियामा एक महिनासम्मको सांगितिक यात्रा गर्दै नेपाली दर्शक र संगीतप्रेमीलाई प्रस्तुति दिने तयारीमा छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार