गाजाबाट ७ जीवित बन्धक रेडक्रसलाई हस्तान्तरण, बाँकी केहीबेरमै रिहा हुने

सोमबार, २७ असोज २०८२

काठमाडौं । इजरायली रक्षा बल आइडीएफले रेडक्रसले केही समय अघि गाजा शहरमा हमासबाट सात बन्धकहरूलाई प्राप्त गरेको सेनालाई सूचित गरेको बताएको छ।

ती सात जनाको नाम माटन आङ्ग्रेस्ट,गाली र जिभ बर्मन दाजुभाइ, एलोन ओहेल, इटान मोर, ओम्री मिरान र गाय गिल्बोआ-दलाल रहेको छ।

रेडक्रसले अब बन्धकहरूलाई गाजा भित्र रहेका आइडीएफ सेनाकहाँ ल्याइरहेको छ; त्यसपछि उनीहरूलाई स्ट्रिपबाट बाहिर रेइम नजिकैको सैन्य सुविधामा लगिनेछ, जहाँ उनीहरूको प्रारम्भिक शारीरिक र मानसिक जाँच गरिनेछ र उनीहरूका परिवारहरूलाई भेटाइनेछ।

अन्य १३ जीवित बन्धकहरूलाई आज केहीबेरपछि गाजाका विभिन्न क्षेत्रहरूबाट रिहा गरिनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार