काठमाडौं: स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
आइतबार सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा भएको थियो ।
त्यसतै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया