विराटनगर । इलामको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो पहिरोमा पुरिएर एक वृद्धको मृत्यु भएको छ।
प्रहरीका अनुसार अन्दाजी ६० वर्षीय बिर बहादुर राई (कान कम सुन्ने, अविवाहित) घरबाट करिब ३०० मिटर पश्चिमतर्फ पैदल हिँडिरहेको अवस्थामा खोल्साबाट अचानक लेदो सहितको पहिरो खसेको थियो। सोही पहिरोमा पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ।
मृत्युको खबर आजै दिउँसो करिब १२:३० बजे प्रहरी चौकी किटेनीमा पुगेपछि तत्काल प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक छे फिन्जो भोटेको कमाण्डमा थप प्रहरी टोली परिचालन गरिएको इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मान बहादुर राईले जानकारी दिए।
प्रतिक्रिया