इटहरीमा गगन थापा, 'कांग्रेस संयमित, समावेशी र जिम्मेवार राजनीति गर्छ'

शुक्रबार, ३० जेठ २०८२

इटहरी : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले संयमित, समावेशी र जिम्मेवार ढंगले राजनीति गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

आज इटहरीमा नेपाल तामाङ संघ कोशी प्रदेशद्वारा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै थापाले जातीय वा धार्मिक भावनामा उत्तेजना फैलाउने प्रवृत्तिबाट कांग्रेस अलग रहेको बताए।

उनले जातीय वा धार्मिक आधारमा समाजमा विखण्डन ल्याउने कार्यप्रति चेतावनी दिँदै सबै समुदायबीच समन्वय र सद्भाव आवश्यक रहेको धारणा राखे।

संविधान संशोधनको सन्दर्भमा थापाले त्यसलाई सबै दल र नागरिकबीचको सहमतिमा अघि बढाउनु पर्ने उल्लेख गरे। 

कार्यक्रममा महामन्त्री थापाले तामाङ समुदायको योगदानको उच्च प्रशंसा गर्दै समुन्नतिको दिशामा कांग्रेसले सशक्त भूमिका खेल्ने बताए।

कांग्रेस सबै जात, धर्म, भाषा र समुदायलाई अटाउने विविधतामा एकता बोकेको दल भएको उनको भनाइ थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार