विराटनगरको बाल सुधार गृहमा झडप, एक प्रहरी घाइते

बुधबार, २८ साउन २०८२

विराटनगर । विराटनगरस्थित बाल सुधार गृहमा बुधबार दिउँसो कैदीबन्दीबीच भएको झडपमा एक जना वरिष्ठ हवलदार प्रहरी घाइते भएका छन्। प्रहरीका अनुसार सुधार गृहभित्र तनावपूर्ण अवस्था उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन अतिरिक्त प्रहरीबल परिचालन गरिएको छ।

घटनापछि मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया, प्रमुख जिल्ला अधिकारी तथा अन्य सुरक्षा निकायका प्रमुखहरू घटनास्थलतर्फ पुगेका छन्। प्रहरीले थप घटना हुन नदिन सुधार गृह वरपर कडा सुरक्षा व्यवस्था गरेको छ।

घटनाको पूर्ण विवरण भने अझै आउन बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार