बञ्चरो प्रहार गरी भाइले दाजुको हत्या

शुक्रबार, २३ साउन २०८२

राजविराज (सप्तरी) : सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका क्रममा भाइले दाईलाई बञ्चरो प्रहार गरी हत्या गरेका छन् । 

स्थानीय नरेन्द्र झाले घरायसी विवाद हुँदा दाई लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गर्दा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए ।

चालीस वर्षीय लोकेन्द्रको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार