काठमाडौं : नबिल बैंकले ‘एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्’ २०२५ मा दुई प्रतिष्ठित उपाधि हात पारेको छ। बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ उपाधि प्राप्त गरेको हो।
बैंकका अनुसार अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा तथा ग्राहक र सरोकारवालाप्रति देखाएको प्रतिबद्धताका कारण यो सफलता हासिल भएको हो। साइबर सेक्युरिटी इनोभेसन अवार्ड बैंकले डिजिटल सुरक्षालाई उच्च प्राथमिकता दिँदै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्ने रणनीतिका लागि पाएको हो।
यस्तै, मुलुकका महत्वपूर्ण पूर्वाधार तथा विकास आयोजनामा वित्तीय साझेदारी गरेको योगदानका आधारमा बैंकलाई नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर अवार्ड प्रदान गरिएको हो।
नबिल बैंकले देशभर २ सय ६८ शाखा र ३ सय २१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। विगत चार दशकदेखि बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्दै, नेपालको वित्तीय विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा भूमिका निर्वाह गर्दै आएको छ।
प्रतिक्रिया