प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित

सोमबार, २६ जेठ २०८२
काठमाडौँ : प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

सभामुखको सचिवालयका अनुसार बैठक बुधबार अपराहन्न १ बजेसम्मका लागि स्थगित भएको हो ।

यसअघि आज बसेको बैठकमा पनि विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका थिए ।

सदनको अवरोध खुलाउनको लागि विपक्षीहरु लचिलो बनेको भनिएपनि रास्वपाको अडान कायम रहेपछि अवरोध कायमै भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार