पदम रखाल मगर माओवादी केन्द्र महालक्ष्मी नगर समिति अध्यक्षमा निर्वाचित

सोमबार, २६ जेठ २०८२

धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर समिति, धनकुटाको पूर्ण बैठकले पदम रखाल मगरलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।

बैठक नेकपा माओवादी केन्द्र धनकुटा सचिव ओम प्रकाश निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

महालक्ष्मी नगर इन्चार्ज दुर्गा कुबर र अनेमसंघ क्रान्तिकारी प्रदेश सदस्य सानु कार्की बस्नेतको विशेष उपस्थिति रहेको उक्त बैठकमा नगर पदाधिकारी चयन गरिएको हो।

पदम रखाल मगरको अध्यक्षतामा निर्वाचित अन्य पदाधिकारीहरूमा उपाध्यक्षद्वय क। टिकाराम श्रेष्ठ र सानु कार्की बस्नेत, सचिव लोकबहादुर नेपाल, सह-सचिव लीला गुरुङ र कोषाध्यक्ष दुर्गा भुजेल रहेका छन्। सबै पदाधिकारीहरू सर्वसम्मत चयन भएका हुन्।

नवनिर्वाचित उपाध्यक्ष सानु कार्की बस्नेतका अनुसार बैठकले नगरका सबै वडामा सक्रिय र जुझारु सङ्गठन निर्माण गर्दै आगामी निर्वाचनमा माओवादी केन्द्रलाई महालक्ष्मी नगरपालिकामा विजयी गराउने लक्ष्यसहित जनताको घरदैलोमा पुग्ने योजना बनाएको छ।

नगर समितिको मिति २०८१ साल चैत २३ गते सम्पन्न ऐतिहासिक दोस्रो नगर सम्मेलनबाट ५१ सदस्यीय नगर समिति चयन गरिएको थियो।

हाल सम्पन्न बैठकमा निवर्तमान पदाधिकारीहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई औपचारिक रूपमा पद हस्तान्तरणसमेत गरेका थिए।

 

 

 

 

 

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार