इटहरीबाट लागूऔषधसहित चार जना पक्राउ, घरधनी फरार

विहीबार, २९ साउन २०८२

इटहरी । सुनसरीको इटहरी उप-महानगरपालिका–११ बाट प्रहरीले ठूलो परिमाणको लागू औषध बरामद गरेको छ । प्रहरीले शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा इटहरी–११ का ३० वर्षीय मो. अवजल मियाको घरमा छापा मार्दा ट्रामाडोल १ हजार २६० पिस क्याप्सुल र डीकोलिक ५१० पिस क्याप्सुल फेला पारेको हो ।

प्रहरी चौकी खनार र सिआरभी खनारबाट संयुक्त रुपमा खटिएको टोलीले घरमा लुकाएर राखिएको उक्त लागू औषध बरामद गरेको हो । घटनास्थलबाट मोरङ सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी–११ का १८ वर्षीय करण राई, इटहरी–१४ का २२ वर्षीय रुजित सरदार र सिरहा नगरपालिका–१० का २४ वर्षीय होम मुखियालाई नियन्त्रणमा लिएको छ ।

Untitled design (11)_11zon

सोही क्रममा घरको कम्पाउण्डमा पार्क गरिएको प्रदेश नं. १–०४–००१ प ४५९१ र को २९ प ७८०९ नम्बरका दुई मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार घरधनी मो. अवजल मिया भने घटनापछि फरार छन् । उनको खोजी कार्य जारी रहेको र पक्राउ परेका व्यक्तिहरुमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार