स्पिनर सन्दीप लामिछानेको अन्तिम ओभरमा शानदार बलिङसँगै नेपालले आईसीसी पुरुष टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ को दोस्रो खेलमा कतारलाई ५ रनले पराजित गरेको छ।
१४८ रनको लक्ष्य पछ्याउँदै उत्रिएको कतारको टोली १९.५ ओभरमै १४२ रनमा समेटिँदा नेपालले रोमाञ्चक जित दर्ता गर्यो।
ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनायो।
कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको योगदान दिए। त्यस्तै दिपेन्द्रसिंह ऐरीले २६ रन, र गुलशन झाले १६ रन जोडे।
कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान ३–३ विकेट लिए।
१४८ रनको लक्ष्य पछ्याउँदै उत्रिएको कतारको टोली १९.५ ओभरमै १४२ रनमा अलआउट भयो।
कतारका तर्फबाट इमाल लियानेजले ३५ बलमा ५६ रन र जुबैर अलीले ५५ बलमा ५२ रन बनाए। तर बाँकी ब्याटरले ठूला योगदान दिन नसकेपछि टोली पराजित भयो।
यससँगै नेपालले सुपर सिक्स चरणमा लगातार दोस्रो जित दर्ता गरेको छ।
प्रतिक्रिया