महेश बस्नेतले गरे बाढी–पहिरोपीडित परिवारलाई काजकिरिया खर्च सहयोगको घोषणा

सोमबार, २७ असोज २०८२

इलाम : क्षेत्र नं. १ का निवर्तमान सांसद महेश बस्नेतले बाढी–पहिरोका कारण ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चका लागि सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।

उनका अनुसार, बाढी–पहिरोमा परी निधन भएका प्रत्येक परिवारलाई व्यक्तिगत रूपमा पन्ध्र हजार सहयोग उपलब्ध गराइनेछ। बस्नेतले यो सहयोगलाई तत्काल राहतका रूपमा पीडित परिवारसम्म पुर्‍याउने तयारी भएको बताएका छन्।

सांसद बस्नेतले भने, “सन्दकपुर गाउँपालिका–१ का एक र वडा नं ३ का एक गरी दुई परिवारलाई आजदेखि सहयोग वितरण सुरु गरिएको छ।”

उनले थप भने, “राहतका लागि नेपालभित्रका विभिन्न संघ–संस्था र विदेशमा रहेका नेपालीहरूसँग पनि समन्वय गरिरहेको छु।”

इलाम क्षेत्र नं १ अन्तर्गतका विभिन्न स्थानहरूमा हालैको अविरल वर्षाका कारण बाढी र पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ।

बस्नेतले पीडित परिवारहरूको दुःखमा हातेमालो गर्न सबैलाई आह्वान समेत गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार