सामसङको चाडपर्व अफर ‘दिनदिनै दशैं’ सार्वजनिक

सोमबार, १६ भदौ २०८२

काठमाडौं । नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर ‘दिनदिनै दशैं’ ल्याएको छ । यो अफर आज १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बरसम्म मान्य हुने कम्पनीले जनाएको छ ।

यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्, जसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउने कम्पनीको विश्वास छ । यसमा सहभागी हुन ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको Serial Number टाइप गरी Samsung <space> Serial No. लेखेर ३५००१ मा SMS पठाउनुपर्नेछ ।

प्रत्येक दिन एक भाग्यशाली विजेताले भाटभटेनी सपिङ भौचर १ लाख रुपैयाँ पाउनेछन् भने अन्य १० जना विजेताले १०,००० रुपैयाँको सपिङ भौचर प्राप्त गर्नेछन् । यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने अवसर पाउनेछन् ।

यी सपिङ भौचरहरूलाई दैनिक उपभोग्य सामानदेखि चाडपर्व तयारीसम्म जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले अफर उपयोगी र उत्साहजनक बनेको छ ।

एमएक्स सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितका अनुसार, ‘दिनदिनै दशैं’मार्फत सामसङले हरेक चाडपर्वमा आफ्ना ग्राहकलाई अमूल्य अनुभव दिने प्रतिबद्धतालाई निरन्तरता दिएको छ । यो अफरले दशैंको महत्वलाई आत्मासाथ गर्नुका साथै, सामसङको प्रयोगकर्ताको जीवनलाई अझ समृद्ध बनाउन योगदान पुर्‍याउनेछ ।

ग्राहकले *#06# डायल गरेर सजिलै Serial Number पत्ता लगाउन सक्छन् । SMS पठाएपछि तुरुन्तै दर्ता भएको सन्देश प्राप्त हुनेछ । विजेताको Serial Number घोषणा www.facebook.com/smartplazanepal and www.facebook.com/IMS.NP मा गरिने कम्पनीले जनाएको छ ।

यो अफर सामसङका आधिकारिक विक्रेता र ईकमर्स प्लेटफर्ममार्फत नेपालभर उपलब्ध छ । यस अभियानमार्फत सामसङले आफ्ना ग्राहकलाई हरेक चाडपर्वमा अमूल्य अनुभव दिलाउने परम्परा निरन्तरता दिएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार