बस र मोटरसाइकल एक आपसमा ठोक्किदाँ  एक जनाको मृत्यु

सोमबार, १६ भदौ २०८२

मुग्लिन :  चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग१२प ६९९२  नम्बरको  मोटरसाइकल आज बिहान ९ः४० बजे चितवनको भरतपुर महानगरपालिका २९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।  

    घाइते चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पु¥याइएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन । 

    अहिले दुवै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर नगरपालिका-११ का मनबहादुर बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार