इलामको फिक्कलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

बुधबार, १८ भदौ २०८२

इलाम । इलामको सूर्योदय नगरपालिका–१० फिक्कल बजारमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरी चौकी फिक्कलले मकवानपुर घर भई हाल फिक्कलमा डेरा गरी बस्दै आएका ३० वर्षीय डेबिड खरेल र त्यही ठाउँका ४० वर्षीय मनराज तामाङलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनीहरूको साथबाट १७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार