मोरङ : मोरङको सुन्दरहरैचास्थित सलकपुरमा डिजिटल पेन्ट्सको स्मार्ट डिलर "छहारी होम एण्ड बिल्डर्स" को औपचारिक शुभारम्भ भएको छ। बुधबार एक विशेष कार्यक्रमको बीचमा उद्घाटन गरिएको छ ।
छहारी होम एण्ड बिल्डर्सका सञ्चालक ई. सन्तोष अग्रहरिका अनुसार यो डिलरले सुन्दरहरैचा, सलकपुर र आसपासका ग्रामीण क्षेत्रहरूलाई समेटेर रङ्ग सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको डिलरमा करिब 28 लाख रुपैयाँको लगानी गरिएको जनाए।
नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त कम्पनीका उत्पादनहरू जर्मन प्रविधिमा आधारित छन्। कम्पनीले १२ वर्षको परफॉर्मेन्स वारेन्टीसहित "वॉल गार्ड रोयल एक्स्टेरियर इमल्सन", १० बर्ष वारेन्टी, ७ वर्षको वारेन्टीसहित बाहिरी इमल्सन, भित्री र बाहिरी इमल्सनका विभिन्न रेन्जहरू, वाटरप्रूफिङ सोलुसन, इनामेल, वॉल पुट्टी लगायतका उत्पादनहरू रहेका छन् ।
देशलाई रङ्गमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना भएको डिजिटल पेन्ट्सले छोटो समयमा उपभोक्ताबीच लोकप्रियता हासिल गर्न सफल भएको छ।
प्रतिक्रिया