मन्त्री गुरुङको सचिवालयसँग मेटाको सम्पर्क, सूचीकरणका लागि विवरण पठाइयो

विहीबार, १९ भदौ २०८२

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग आधिकारिक सम्पर्क गरेको छ ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत अन्सारी थरका एक कर्मचारीले मन्त्री गुरुङका स्वकीय सचिव शालिग्राम पराजुलीसँग सम्पर्क गरेका हुन् ।

उनले लगत्तै दर्ता तथा सूचीकरणका लागि आवश्यक पर्ने कागजातबारे जानकारी मागेका थिए । सो क्रममा पराजुलीले मन्त्रालयसँग आवश्यक विवरण मागेपछि मन्त्रालयले तत्कालै इमेलमार्फत पठाएको ठाकुरले जानकारी दिए ।

‘मेटाको सिंगापुरमा कार्यरत कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि के–के डकुमेन्ट चाहिन्छ भनेर सोध्नु भएको रहेछ,’ प्रवक्ता ठाकुरले बताए, ‘हामीले पाँच मिनेटमै आवश्यक विवरण इमेल गरेर पठाइसकेका छौं ।’

उनका अनुसार मन्त्रालयले सो इमेल बुधबार साँझ ५ बजे पठाएको हो ।

नेपालप्रेसको सहयोगमा 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार