एनसेलको डाटाबाट सूचीकरण नभएका सामाजिक सञ्जाल नचल्ने

विहीबार, १९ भदौ २०८२
File Photo

काठमाडौं : मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने जनाएको छ ।

कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जाल प्ल्याटफर्महरू रोक लगाउने निर्णय गरेकाले आफ्नो नेटवर्कमार्फत ती प्लेटफर्म नचल्ने स्पष्ट गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “ग्राहक महानुभावहरुलाई पर्नसक्ने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । यो निर्णय नेपाल सरकारको निर्देशनअनुसार गरिएको हो ।”

May be an image of text

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार