काठमाडौँ । नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार प्रशासनको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएर रायमाझीले आफू कारागार फर्किन तयार रहेको बताएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि २ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा रहेका रायमाझी गत मङ्गलवार भागेका थिए । जेन–जी प्रदर्शनका क्रममा केन्द्रीय कारागारबाट ३ हजार ३ सय कैदीबन्दी भागेको बताइएको छ ।
रायमाझीले टेलिफोन सम्पर्क गरेर आफू कारागार फर्किन तयार रहेको बताएका हुन् ।
प्रतिक्रिया