काठमाडौँ : नेपाल प्रहरीले जेन-जी आन्दोलनकाक्रममा लुटिएका हतिरा बुझाउन र पोशाकको दुरुपयोग नगर्न आग्रह गरेको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले सुरक्षा हातहतियारसँगै लुटिएका सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू फिर्ता गर्न भनेको हो।
कतै त्यस्ता सामान फेला पारेमा सम्पर्क गर्न पनि प्रहरीको आग्रह छ।
ती सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्रि नं. १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं. ९८५१२९३४५९ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया