जेनजी आन्दोलन : शव हस्तान्तरण गर्न सुरु, तीनको पहिचानै खुलेन

शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ । भदौ २३ गते जेनजी समूहको प्रदर्शनपछि भड्किएको हिंसामा निधन भएकाको शव परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ । 

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जेनजी आन्दोलनमा मृत्यु भएकाको शव पोस्टमार्टम गरेर परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको  जानकारी दिए । 

 पोस्मार्टम गरेर परिवारलाई शव हस्तान्तरण गर्न सुरु गरिएको हो । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा ३६ वटा शवलाई पोस्टमार्टमका लागि लगिएको थियो । 

डा. चौधरीका अनुसार दुई महिला र एक पुरुषको पहिचान खुल्न सकेको छैन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आन्दोलनमा एक हजार ८७२ घाइते भएका थिए । जसमध्ये एक हजार ४६५ जना उपचारपछि डिस्चार्ज भएका छन्। दुई सय ९९ घाइतेको देशका विभिन्न ६१ अस्पतालमा  उपचारत छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार