‘हामी फेरि उठ्ने छौँ’ भन्दै कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर

शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला (बिपी)को तस्बिर र ब्यानर पुनः राखिएको छ ।

भदौ २४ गते जेनजी समूहका प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगजनी गर्दै भौतिक संरचनामा क्षति पु¥याएका थिए ।

उक्त घटनापछि पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का कार्यकर्ताहरूले कार्यालयको आन्तरिक सजावट पुनः सुरु गर्दै बिपी कोइरालाको तस्बिर र ब्यानर पुनः स्थापना गरेका हुन् ।

उनीहरूले कार्यालय परिसरमा वीपीको तस्बिरसहित हामी फेरि उठ्ने छौँ भन्दै ब्यानर झुन्ड्याएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार