उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर घाइते गुरुङको मृत्यु

शुक्रबार, २७ भदौ २०८२

भरतपुर : चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको घरमा आगजनी हुँदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका सरोज गुरुङको उपचारका क्रममा मृत्यु भएको छ।

भरतपुर–२१ का १९ वर्षीय गुरुङको टाउको, छाती र पेटमा गम्भीर चोट लागेपछि उनलाई पुरानो मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो।

तर,चिकित्सकहरूले बचाउन नसकेपछि शुक्रवार उनको निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।

उक्त आगलागी ‘जेनजी समूह’ को प्रदर्शनका क्रममा भएको हो, जसमा उपप्रमुख अधिकारीको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार