सुशीला कार्की विराटनगरले पाएको छैटौं प्रधानमन्त्री

शनिबार, २८ भदौ २०८२

काठमाडाैैं : शुक्रवार  शीतल निवासमा आयोजित विशेष समारोहमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै विराटनगरले  छैटौँ प्रधानमन्त्री पाएको हो ।

उनी मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेकी छन् भने विराटनगर वाट प्रधानमन्त्री बन्ने छैटाे व्यक्ति।

सुशीला कार्की यसअघि नेपालको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा थिइन् । न्याय क्षेत्रमा दृढ र इमानदार नेतृत्व प्रस्तुत गरेकी उनी अब देशकै कार्यकारी नेतृत्वमा प्रवेश गरेकी छन् ।

उनको यो पदारोहणले विराटनगरको राजनीतिक धरोहरमा नयाँ इतिहास पनि  थपेको छ ।

विराटनगर लामो समयदेखि नेपालका राष्ट्रिय राजनीतिमा केन्द्रमा रहँदै  आएको छ । देशका धेरैजसो राजनेताहरूको  जन्मथलो तथा राजनीतिक यात्राको आधार भूमि विराटनगर रहँदै आएको छ ।

नेपालको राजनीतिक आन्दोलन, पार्टी निर्माणदेखि लिएर लोकतन्त्र स्थापनासम्म विराटनगरको योगदान उल्लेखनीय मानिन्छ ।

विराटनगरबाट प्रधानमन्त्री बन्नेहरूको यात्रामा कोइराला परिवारबाट मात्रै तीन जना प्रधानमन्त्री बनेका छन् । 

२०१६ सालमा  नेपालको पहिलो निर्वाचित प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेका बिपी कोइराला विराटनगरकै थिए । कृष्णप्रसाद कोइरालाका छोरा उनी नेपाली काँग्रेसका संस्थापक नेतामध्ये एक हुन  भने  जनताले प्रत्यक्ष निर्वाचनमार्फत चुनिएको उनी पहिलो प्रधानमन्त्री पनि हुन  ।

बिपीका दाजु मातृकाप्रसाद कोइराला  पनि दुई पटक प्रधानमन्त्री बने । उनले काँग्रेस र देशको राजनीतिक यात्रामा विशेष भूमिका खेले ।

बिपीका कान्छा गिरिजाप्रसाद कोइराला बहुदलीय लोकतन्त्र पुनर्स्थापनापछि चार पटकसम्म प्रधानमन्त्री बने । उनी नेपाली राजनीतिमा “जीपी” भनेर चिनिने प्रमुख हस्ती  कहलिएका थिए ।

नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्रीको रूपमा चिनिएका मनमोहन अधिकारी पनि विराटनगरकै थिए  । उनले मुलुकलाई विराटनगरको नाममा गर्व गर्ने बनाइदिए । उनको छोटो कार्यकाल भए पनि जनतामुखी योजनाका कारण उनी लोकप्रिय निकै भए ।

पञ्चायती शासनकालमा प्रधानमन्त्री बनेका नगेन्द्र रिजाल  पनि विराटनगरकै थिए  भने हाल प्रधानमन्त्री बनेकी  सुशीला कार्की पनि विराटनगरकै हुन । उनी कार्की नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा इतिहासमा नाम लेखाउन सफल भएकी छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार