हट्यो कर्फ्यु र निषेधाज्ञा, तर सेना स्ट्याण्डबाई

शनिबार, २८ भदौ २०८२

काठमाडौँ : गत मङ्गलवारदेखि उपत्यकामा लागेको कर्फ्यु र निषेधाज्ञा शनिवारबाट हटेको छ । शुक्रवार राति नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै निषेधाज्ञा र कर्फ्यु हटेको हो ।

नेपाली सेनाले शुक्रवार साँझसम्म पनि सडकमै रहेर सुरक्षा दिएकामा शनिवार बिहानदेखि भने बाटोमा पनि सेना देखिएका छैनन् ।

नेपाली सेनाले निषेधाज्ञा नरहेकोबारे कुनै सूचना सार्वजनिक गरेको छैन । किनभने निषेधाज्ञा नरहेको अवस्थामा सेना परिचालन पनि नहुने भएकाले त्यस्ता सूचना नराखिएको हो ।

उपत्यकाको निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्ने अपेक्षा गरिएको छ । तर नेपाली सेनाले आफू स्ट्याण्डबाई रहेको जनाएको छ ।

सेनाका एक उच्च अधिकारीका अनुसार नयाँ सरकार बनेसँगै निषेधाज्ञा र कर्फ्यु हटाइएको छ । तर हुनसक्ने आन्दोलन वा प्रदर्शनका सम्बन्धमा चनाखो भई नेपाली सेना स्ट्याण्डबाई रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार