काठमाडौँ : नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत जारी एक भिडियो सन्देशमा उनले कांग्रेस पार्टी भ्रष्टाचारविरुद्ध स्पष्ट नीति नल्याउँदा विगतमा रक्षात्मक अवस्थामा पुगेको स्वीकार गरे। नयाँ सरकारलाई प्रभावकारी बनाउन उनले चार सुझाव पनि सार्वजनिक गरेका छन्।
पौडेलका अनुसार, सरकारका लागि प्रमुख कदमहरूमा–
२०४६ सालपछि प्रशासनिक तथा राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन
नागरिक अपेक्षाअनुरूप संविधान संशोधन आयोग गठन
निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने पहल
आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरूमाथि अनुसन्धान र कारबाही
पार्टीका नेता–कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै उनले नेपाली कांग्रेस अब सुशासन र भ्रष्टाचारविरुद्ध थप धारिलो र स्पष्ट ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाए। “हामी विचारमा स्पष्टता र सुशासनको पक्षमा अझ सशक्त भएर प्रस्तुत हुनेछौँ,” पौडेलले भने।
प्रतिक्रिया