झापामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

शनिबार, २८ भदौ २०८२
तस्बिर : फाइल

झापा । झापाको कन्काई नगरपालिका–७, बिरिङ खोला छेउमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

शुक्रबार साँझ करिब ७:३० बजे बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक ऐ.२ बस्ने ३८ वर्षीय दिनेश कुमार थपलिया सामान्य घाइते भएका छन् भने सोही मोटरसाइकलमा सवार ऐ. बस्ने ६० वर्षीय सोमनाथ दंगाल गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। तर, दंगालको आइतबार बिहान करिब ६ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

घाइते थपलियाको अवस्था सामान्य रहेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार